FAQs Complain Problems

मिति २०७८/०१/१४ गतेका दिनको विपद तथा जलवायू उत्थानसिल समितिको वैठकका निर्णयहरू

आज मिति २०७८/०१/१४ गतेका दिन यस मरिण गाउँपालिका स्तरीय विपद तथा जलवायू उत्थानसिल समितिको वैठकका अध्यक्ष श्री पानीराज बम्जन ज्यूको अध्यक्षतामा बसि तपसिल अनुसारका  निर्णयहरूको संक्षिप्त व्यहोरा ः-

१. केन्द्र तथा जिल्ला विपद् व्यवस्थापनको निर्णयहरू कार्यन्वयन गर्ने गराउने निर्णय गरियो ।

२.कोभिड-१९ रोकथाम तथा नियन्त्रणको लागि क्वारेन्टाइनको मापदण्ड अनुसार होम क्वारेन्टाइनमा बस्न नसक्ने र नचाहनेलाई क्वारेन्टाईनमा राख्नका लागि ५० वेड सम्मको  गत वर्ष नै सन्चालन भएको मरिण बहुमुखि क्याम्पसलाई नै प्रयोग गर्ने र उक्त स्थानले धान्न नसक्ने अवस्था आएमा श्री मा.वि. खयरसाललाई समेत प्रयोग गर्ने निर्णय गरियो ।

३.गाउँपालिका भित्र संम्भावित कोभिडबाट मृत्यु भएकाहरूलाई शव व्यवस्थापन गर्न स्थान छनौटको लागि उपाध्यक्ष ज्यूको संयोजकमा ७ सदस्य समिति गठन गरि समितिले ७ दिन भित्र प्रतिवेदन  तयार गर्ने  निर्णय गरियो ।  

४. दोस्रो लहरको कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि यस गाउँपालिका भरि विभिन्न स्थानहरूमा प्रहरी, रेडक्रस, उद्योग वाणीज्य र अन्य सहयोगीहरूको समन्वयमा माईकिङ गर्ने निर्णय गरियो ।

५. कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारको लागि आवश्यक र प्रयोग हुने किसिमका औजार, उपकरण, औषधी सामाग्रीहरू व्यवस्थापन गर्न सम्बन्धीत पक्षहरूले यथासिघ्र पहल गर्ने निर्णय गरियो ।

६.CCMC-MGMT को सिफारिस तथा मन्त्रीपरिषदको वैठकको निर्णय समेतको आधारमा गाउँपालिका अन्तर्गत संचालित सम्पूर्ण विद्यालयहरूको पठन पाठन र परीक्षा सम्बन्धी कार्यहरू अर्को सूचना नभए सम्मको लागि स्थगित गर्ने निर्णय गरियो ।

७. विपद पूर्व तयारीका लागि आवश्यक सामाग्रीहरू खरिद गर्ने निर्णय गरियो ।

आर्थिक वर्ष: