FAQs Complain Problems

मिति २०७७/०५/११ गते विपद तथा जलवायु उत्थानसिल समितिको वैठकमा भएका निर्णयहरू साथमा वैठकका केहि झलकहरू ।

आज मिति २०७७/०५/११ गतेका दिन मरिण गाउँपालिका स्तरीय विपद तथा जलवायु उत्थानसिल समितिको वैठक समितिका अध्यक्ष श्री पानीराज बम्जन ज्यूको अध्यक्षतमा बसि विभिन्न विषयहरू माथी छलफल गरी तपसिलका निर्णयहरू समेत गरियो ।.
निर्णयहरू
१. यस मरिण गाउँपालिकाको लकडाउनको अवधि देखि २०७७ असार मसान्त सम्मको कोरोना सँग सम्बन्धीत खर्चहरूको हिसाव सार्वजनिक गरियो ।

२. गाउँपालिका स्तरीय विपद व्यवस्थापन केन्द्र(CMC) को मिति २०७७/०५/१० गतेको  निर्णय नै मिति २०७७/०५/२० गते राती १२:०० बजे सम्म कायम रहने निर्णय गरियो ।

३. वडा स्तरीय विपद व्यवस्थापन समितिको वैठक २०७७/०५/१२ र १३ गते भित्र वसि आ-आफ्नो क्षेत्रमा पर्ने नाकाहरू निगरानी गरी कडाइ गर्ने निर्णय गरियो ।

४. वैकल्पिक सिकाइ सहजीकरण अन्तर्गत विद्यालयमा संचालित सिकाइ केन्द्रको गतिविधि पनि २०७७/०५/२० गते सम्म  स्थगीत गर्ने निर्णय गरियो ।

५. स्वास्थ्य सेवा, सुरक्षा सेवा लगायतका अत्यावश्यक सेवाका कर्मचारीहरूलाइ समेत आवश्यक काम बाहेक आवत जावत कम गर्न अनुरोध गर्ने निर्णय गरियो ।

आर्थिक वर्ष: