FAQs Complain Problems

मिति २०७७/०१/१५ गतेको विपद व्यवस्थापन समितिको वैठक साथै निर्णयहरू ।

आज मिति २०७७/०१/१५ गते मरिण गाउँपालिका विपद व्यवस्थापन समितिको वैठक आदरणीय मरिण गाउँपालिकाका अध्यक्ष श्री पानीराज बम्जन ज्यूको अध्यक्षतामा बसि गरिएका तपसिलका निर्णयहरू :-

  1. राष्ट्रिय गौरव आयोजनाहरू र गाउँपालिकाले आवश्यक देखेका महत्वपूर्ण आयोजनाहरू सामाजिक दुरी कायम गरी अत्यन्तै सजगता अपनाइ संचालन गर्न अनुमति दिने ।
  2. हाल सम्म प्रकाउ गरी इलाका प्रहरी कार्यालय कपिलाकोटमा रहेका सवारी साधनहरूलाई सम्बन्धीत सवारी धनिलाई घरैमा राख्ने शर्त कागज गराई फिर्ता/जिम्मा दिने ।
  3. मिति २०७७/०१/१६ गते देखि विना पासको सवारी साधन चलाएको पाइएमा निम्न बमोजिमको जरिवाना गरि जरिवाना रकम कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जरिवाना रकम जम्मा गर्ने ।

निर्णय नं. ३ बमोजिमका सवारीसाधनहरू र लाग्ने जरिवाना

क्र.स.

सवारी साधनको प्रकार

पहिलो पटक

दोस्रो पटक देखि हरेक पटक

      १

दुई चक्के

रू १०००

रू १००० हरेक पटक थप हुने

उदाहरण :पहिलो पटकमा रू१०००, दोस्रो पटकका लागि रू२००० तेस्रो पटकका लागि रू ३००० क्रमश  

      २

अटोरिक्सा/टेम्पो

रू २०००

रू २००० हरेक पटक थप हुने

उदाहरण :पहिलो पटकमा रू२०००, दोस्रो पटकका लागि रू४००० तेस्रो पटकका लागि रू ६००० क्रमश  

      ३

चार चक्के/ठूलासवारी

रू ३०००

रू ३००० हरेक पटक थप हुने

उदाहरण :पहिलो पटकमा रू३०००, दोस्रो पटकका लागि रू६००० तेस्रो पटकका लागि रू ९००० क्रमश  

       कृषि कार्य तथा निर्माणकार्यमा संचालन हुने ट्रयाक्टरको हकमा यो व्यवस्था लागु नहुने ।

४. गाउँपालिका वाहिरबाट विना पास प्रवेश गर्ने सवारी साधनलाई  रोक लगाई त्यस्ता सवारी साधनमा सवार व्यक्तिहरूलाई गाउँपालिकाबाट निर्माण गरिएको क्वारेन्टाईनमा राख्ने, सवारी साधनको हकमा निर्णय नं. ३ बमोजिम हुने ।

आर्थिक वर्ष: