FAQs Complain Problems

मरिण गाउँपालिकाको तेस्रो गाउँसभाबाट शिक्षा स्वास्थ्य र कृषि, पर्यटन, विद्युत लगायतका क्षेत्रमा विनियोजित बजेट तथा कार्यक्रमहरूको केही झलकहरू ।

मरिण गाउँपालिकाको तेस्रो गाउँसभाबाट शिक्षा स्वास्थ्य र कृषि, पर्यटन, विद्युत लगायतका क्षेत्रमा विनियोजित बजेट तथा कार्यक्रमहरूको केही झलकहरू ।
शिक्षा
१. बालबिकास केन्द्र नभएका १९ विद्यालयमा बालबिकास केन्द्रको स्थापना गरि प्रत्येक सहयोगी कार्यकर्तालाइ मासिक रू १०,०००।- का दरले अनुदान उपलब्ध गराउने । 
२. संचालन भइ रहेका २९ बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताहरूको खाइपाइरहेको तलबमा मासिक ४,०००।- का दरले अनुदानकाे व्यवस्था । 
३. ६ वटा मा.वि. हरूमा डिजिटल हाजीरीको व्यवस्था ।
४. लामो समयदेखी मा.वि. संचालन भएका तर उत्त तहमा शुन्य दरबन्दी भएका मा.वि. कात्तिके, ठुलीदमार, बरूणलाइ शिक्षक व्यवस्थापनको लागि मासिक २२,०००।- दरले अनुदान व्यवस्थापन । त्यस्तै निमावि तह संचालित शुन्य दरबन्दी रहेका सबै विद्यालयहरूको लागि मासिक १८,०००।- दरले शिक्षक व्यवस्थापनको लागि अनुदान व्यवस्था । 
५. गणतन्त्र दिवसको अवसरमा विद्यार्थीहरू माझ अतिरित्त कृयाकलाप संचालन गर्न सबै मा.वि.हरूलाइ २५,०००।- का दरले र नि.मा.वि.हरूलाइ १५,०००।-का दरले प्रोत्साहन अनुदान ।
६. प्रा.वि तहमा संचालित भइ सुन्य दरबन्रदी रहेका २ वटा र एकमात्र शिक्षक दरबन्दी रहेका ५ वटा विद्यालयहरूमा शिक्षक व्यवस्थापनको लागि मासिक १५,०००।- का दरले अनुदान व्यवस्था ।
७. SEE परीक्षामा सर्बोकृष्ट अंक प्राप्त गर्ने विद्यार्थी अध्ययन गर्ने विद्यालयलाइ र c+ माथि सबै भन्दा वढी विद्यार्थी उतिर्ण गराउन सफल विद्यालयलाइ १/१ लाख प्रोत्साहन अनुदान व्यवस्था ।
८. स्थानीय पाठ्यक्रम निर्माणको लागि वजेट व्यवस्था र अन्तर मा.वि. छात्रछात्रा भलिवल प्रतियोगीको लागि बजेट व्यवस्था ।
९. मा.वि कपिलाकोटमा संचालित वालि बिज्ञानको लागि सहयोग पुर्याउन १०,००,०००।- अनुदान व्यवस्था । 
१०. ४ वटा विद्यालयमा फर्निचर, २ वटा विद्यालयमा पुस्ताकालय व्यवस्थापन सहयोग र १ वटा विद्यालयलाइ खेलकुद सामाग्री लागि अनुदान व्यवस्था । 
११. लेखा व्यवस्थापन सम्बन्धी शिक्षक तालीम, परिक्षा सुदृढिकरणको लागि अनुदान व्यवस्था ।
स्वास्थ्य 
१. गर्भवती महिलाहरूको लागि प्रत्येक जाँच गराए बापत ५०० का दरले चार पटकको रू २०००।– प्रोत्साहन अनुदानको व्यवस्था ।
२. प्राथमिक स्वास्थ्य केन्दमा इमर्जेन्सी सेवा संचालन गर्न रू तिन लाख अनुदान अनुदान ।
३. महिला अपाङ, द्वन्दपिडित, दलित, असाहयहरूको सेवालाइ लक्षित औषधी खरिदको व्यवस्था ।
४. आर्युवेद सेवा प्रति जनताको विस्वास बढाउन आर्युवेदीक औषधी व्यवस्थापनको लागी बजेटको विशेष व्यवस्था । 
५. पुराना महिला स्वस्थ्य स्वयम सेवीका विदाइ र कार्यरत स्वयम सेविकाहरूको लागि प्रोत्साहन बजेट व्यवस्था । 
६. बढीमुहान र मथोलीमा संचालित बर्थिङ सेन्टरमा सजिलो तरिकाले सुत्केरी गराउन सहयोग पुगोस भनेर १/१ जना अनमी व्यवस्थापनको लागि बजेट विनियोजन ।
७. खयरसाल, वरूण र जयमंगलमा सामुदायीक स्वास्थ्य केन्द्रको स्थापना र कर्मचारी व्यवस्थापनको लागी वजेट व्यवस्था ।

१. कृषकलाइ सहजताको लागि विभिन्न स्थानमा सिचाइको व्यवस्था, व्यवसायीक रूपमा कृषि व्यवसाय संचालन गरी आय आर्जन वृदिको लागि जुनार, सुन्तला, फलफुल खेती, तरकारी खेती, मौसमी तथा वेमौसमी तरकारी खेति, बाख्रा, माछा, कुखुरा र वंगुर पालन, विशेष अनुदानको व्यवस्था
२. कृषि बजारीकरणको लागि हाट बजारको व्यवस्था, कृषि औजार खरिदको लागि विशेष व्यवस्था, उन्नत विउ खरिदको लागी विशेष अनुदानको व्यवस्था ।
१. पर्यटन विकासको, मरिणको पहिचान, ऐतिहासिक चिनारी र दिगो विकास तथा जगेर्नाको लागि पंन्चकन्या शहिद स्मारक पार्क निर्माण, बिशाल स्मृति पार्क निर्माण, दरवार डाडाँ संरक्षण व्यवस्थापन र सामुदायीक भवन तथा प्रतिक्षालय स्थापनाको लागि बिशेष वजेटको व्यवस्था ।
२. विद्युत विस्तारको लागि ९६,००,०००।- वजेटको व्यवस्था ।

आर्थिक वर्ष: