FAQs Complain Problems

कोरोणा संक्रमण रोक्न तथा राहत कोष सम्बन्धि मरिण गाउँपालिकाको ३९ ओ कार्यपालिका वैठक

आज मिति २०७६/१२/२२ गते मरिण गाउँपालिकाको ३९ ओ कार्यपालिका वैठक बसि निम्न बमोजिमको निर्णय गर्दै कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन गर्न निर्णय गरियो ।
१.राहतकोष कार्यविधि २०७६ स्वीकृत गरिएको ।
२.विपद व्यवस्थापन बाट खर्च हुने रू ३० लाख बाहेक राहत कोषको विभिन्न योजनाहरू( बाटो निर्माण वडा नं. ७,६,१,२  हुदै हरिहरपुरगढीको ४० लाख मध्यबाट १० लाख, लोकसेवा तयारी कक्षा तालिम ५ लाख,सिलाई बुनाई तालिमबाट ७ लाख, कम्प्यूटर तालिमबाट ५ लाख,ड्राइभीङ तालिमबाट ५ लाख, विभिन्न अन्य कर्मचारीहरूको तालिमबाट ३ लाख) कटौती गरी थप ३५ लाखको कोष खडा गरियो ।
३.छिट्टै राहत प्याकेज ल्याउने तयारी
४.कोरोना संक्रमण रोक्न लकडाउनलाई अझ सशक्त रूपमा कार्यान्वयन गर्न कुनै पनि कदम चाल्ने निर्णय, व्यापक रूपमा जनचेतना मूलक कार्यक्रम गर्ने, प्रचार प्रसार गर्ने निर्णय ।

आर्थिक वर्ष: