FAQs Complain Problems

मिति २०७७/०५/१९ गते विपद तथा जलवायु उत्थान्शिल समितिको वैठक तथा निर्णयहरू ।

आज मिति २०७७/०५/१९ गतेका दिन यस मरिण गाउँपालिका स्तरीय विपद तथा जलवायु उत्थान्शिल समितिको वैठक अध्यक्ष श्री पानीराज बम्जन ज्यूको अध्यक्षतामा वसि विभिन्न विषयहरू माथि छलफल गरि निर्णय समेत गरियो ।
निर्णय नं. १ 
२०७७/०५/११ गते यस विपद व्यवस्थापन  समितिको वैठकले निर्णय गरि गरिएको बन्दाबन्दीको समिक्षा गरियो । निर्णय बमोजिम नाकाशिल गर्ने कार्य सन्तोषजनक रहेको पाइयो ।
निर्णय नं. २ 
विपद व्यवस्थापन समितिको मिति २०७७/०५/११ गतेको  निर्णयाअनुसार भाद्र २० गते राती १२ बजे सम्म सम्पूर्ण नाकाहरूमा आवत जावत वन्द गर्ने निर्णयहरूलाइ पुनरावलोकन गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर निम्न शर्त सहित सिमानाकामा हुने आवत जावत लचिलो बनाउने निर्णय गरियो ।
क) सचेतना/ प्रचार प्रसार कार्यक्रमहरू जारी राख्ने ।
ख) गाउँपालिका भित्र प्रवेश गर्ने गाउँपालिका वाहिरको व्यक्तिहरूलाइ वडा स्तरीय कोरोना नियन्त्रण समन्वय समिति छरछिमेक र सरोकारवाला व्यक्ति तथा निकायहरूले उच्च निगरानी गर्ने ।
ग) गाउँपालिका भित्र प्रवेश गर्ने दुवानीका साधनहरूका चालक एंवम सहयोगीहरूलाइ सम्बन्धीत पसल तथा व्यवसायिहरू  सँगको  सम्पर्क नहुने गरि दुरी कायम राखि उच्च सतर्कता अपनाउन आग्रह गर्ने ।
घ) दक्षिण तराइका जिल्लाहरबाट आउने चौपाया पशुहरको आयात प्रतिबन्द कायम राख्ने ।
निर्णय नं. ३
विविध (क) बागमती प्रदेश मुख्यमन्त्रीको अध्यक्षतामा मिति २०७७/०५/१८ गते बसेको Province Corona Crisis Management Center को वैठकबाट निर्णय भए बमोजिम कोभिड-१९ को रोकथाम तथा नियन्त्रण सम्बन्धी जनचेतना फैलाउन शिक्षक, विद्यार्थी, स्वयसेवक र स्थानीय तहमा सक्रिय राजनैतिक दल संघ सस्थाहरूलाई आव्हान गदै उक्त कार्यमा परिचालन गर्ने समेत निर्णय गरियो ।
विविध (ख) मिति २०७७/०५/११ गतेको वैठकबाट स्थगीत वैकल्पिक  शिकाइ केन्द्र मार्फत हुने विद्यार्थीहरूको पठन पाठनलाई सुचारू गर्ने निर्णय गरियो ।

आर्थिक वर्ष: